बालबालिकालाई आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाउन लागिएको छ ।

६ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । आज छुटेकालाई भोलि खुवाइनेछ ।

कमेन्ट गर्नुहोस्