संवैधानिक परिषद बैठक जारी

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा संवैधानिक परिषदकाे बैठक आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको हो ।

शुक्रबार बस्ने भनिएको बैठक राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना रुस भ्रमणमा जाने भएका कारण आजै बसेको हो । बैठकमा प्रधानन्यायधीशको नियुक्ति बारेमा छलफल हुने बताइएको छ ।

यसअघि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीचको बैठकमा प्रधानन्यायधीशसिफारिस गर्ने सहमति भएको बताइएको थियो ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री प्रचण्ड सहित विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । उनी आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको रुपमा सहभागी भएका हुन् ।

कमेन्ट गर्नुहोस्