काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिएको छ । अहिले केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लगिएको हो ।
राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स)मा उपचार हुनेछ । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
यसअघि पनि उनले सोही अस्पतालमा चेक गराएका थिए । अहिले सोही समस्या लगातार देखिएपछि नेपाल र भारतका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको पौडेलको सचिवालयले जानकारी दियो ।