तनहुँमा देउवाले भने- ‘भट्टराईलाई चुनाव जिताउनुहोस्,मन्त्री बनाउँछौं’

काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पनि पृथ्वीनारायण शाहको जत्तिकै भएको बताएका छन् ।

बुधबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश निर्माणमा तनहुँको योगदान उच्च रहेको बताए ।

तनहुँ आदिकवि आचार्यको जन्मभूमि हो । देउवाले तनहुँ अब राष्ट्रपतिको भूमि पनि भएको बताए ।

‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन,’ देउवाले भने, ‘तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ । यो राष्ट्रपतिको समेत भूमि हो ।’

उनले जिताएर पठाए गोविन्द भट्टराईलाई जिते मन्त्री बनाउने पनि बताए ।

देउवाले तनहुँमा प्राविधिक विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको पनि बताए । ‘गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ । उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ,’ देउवाले भने ।

भट्टराई तनुहँ–१ बाट गठबन्धनका साझा उमेदवार हुन् ।

कमेन्ट गर्नुहोस्