सुडान द्वन्द्व : ८५ जनाले ज्यान गुमाए, नेपाली सुरक्षाकर्मी सकुशल

काठमाडौं। सुडानमा जारी द्धन्द्धमा परि ८५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ द्धन्द्ध फैलदा शान्ति कार्यमा रहेका नेपालीको सुरक्षबारे चिन्ता थपिएको छ । अहिलेसम्मका विवरण अनुसार अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन्।

त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

केही समयदेखि त्यहाँ फैलिएको हिसात्मक घटनामा परि हालसम्म एक सय ८५ जनाको ज्यान गइसकेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका छन्। यसबीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरेका छन् ।

द्धन्द्धरत एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविराम गर्न भने मानिराखेका छैनन् । एसएएफ सीडीआरले राजधानी र अन्य क्षेत्रलाई सुरक्षित राखेको जनाएको छ।

सुडानमा अफ्रिका र अरब इस्लामिक संस्कृति, धर्म र जातिहरूको टकरावले ५० वर्षको देखि गृहयुद्ध भैरहेको छ ।

कमेन्ट गर्नुहोस्