हेटौंडा । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले आफ्नो सय दिने कार्यकालका मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री जम्कट्टेलले सरकार गठन भएको १०० दिनमा प्रदेश सरकारका तर्फबाट भएका ममुख्य उपिब्धिहरू सावृजनिक गरेको हो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै ती कामहरूको बारेमा जानकारी दिइएको हो ।
प्रदेश सरकारले १०० दिनमा सम्पन्न गरेका शिक्षा, सामाजिक, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि, पूर्वाधार, श्रम रोजगार तथा यातायातलगायत १० शीर्षकमा ८० बुँदे काम सार्वजनिक गरिएको हो ।
प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ११ बनाइएको, प्रदेश निजामती सेवा ऐन र स्थानीय तहको सेवा सम्बन्धी ऐन जारी गरेको समेत एक सय दिनको मुख्य उपलब्धिमा राखेको छ । जम्कट्टेल २०७९ पौष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।