अर्थमन्त्रीका अवैतनिक विज्ञ समूहमा भट्ट, पाण्डे र विश्व पौडेल

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विज्ञ समूह गठन गरेका छन् ।

आर्थिक सल्लाहकार नियुक्त नगरेका अर्थमन्त्री महनले तीनजना अर्थविद्लाई विज्ञ समूहमा राखेका हुन् । अर्थविदहरु डा.गुणाकर भट्ट, डा पोसराज पाण्डे र डा विश्व पौडेललाई उनले विज्ञ समूहमा राखेका छन् ।

उनीहरु तलव भत्ता नलिनेगरी विज्ञसमूहमा बस्ने स्वीकार गरेका हुन् । उनीहरुले अवैतनिक रुपमा अर्थमन्त्रीलाई सहयोग गर्ने अर्थमन्त्रीका प्रेस सहयोगी प्रकाश थापाले जानकारी दिए ।

यो विज्ञ समूहले आगामी अर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

कमेन्ट गर्नुहोस्