नेपालद्धारा ओमानसामु ३११ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।

नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए ।

कमेन्ट गर्नुहोस्