ईन्डियन प्रिमियर लिग : हैदराबादमाथि सुपर किंग्सको सानदार जित

काठमाडौंं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले सनराइज हैदरावादलाई ७ विकेटले हराएको छ। चेन्नाईले घरेलु मैदान एम ए चितम्बरम स्टेडियममा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नाईले १८ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नाईको जितमा ओपनर डेभन कन्वेले ५७ बलमा १२ चौका र १ छक्कको सहयोगमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कन्वेले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । अर्का ओपनर ऋतुराज गायकवाडले ३० बलमा ३५ रन बनाए ।

हैदराबादका लागि मंयक मारकन्डेले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो ।

हैदराबादका लागि अभिषेक शर्माले २६ बलमा सर्वाधिक ३४ रन बनाए । राहुल त्रिपाटीले २१ तथा हेनरिक केल्सनले १७ रन बनाए । मार्को यानसन २७ रनमा अविजित रहँदा कप्तान एडेन माक्ररमले १२ रन बनाए ।

चेन्नाईका लागि रविन्द्र जडेजाले ३ तथा मथिशा पथिराना,महेश थिक्सना र आकाश सिंहले समान ११ विकेट लिए । छैटौं खेलमा चौथो जित हात पारेको चेन्नाई ८ अंक सहित १० टोली सहभागी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

छैटौं खेलमा चौथो हारका साथ हैदराबाद अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्