कम्युनिस्ट आन्दोलनलाई सहि विचार,नीति र सिद्धान्तका आधारमा पुनः एकताबद्ध गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सहि विचार,नीति र कार्यशैलीका आधारमा पुनः कम्युनिस्ट एकताबद्ध गर्नुपर्ने बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि कम्युनिस्ट आन्दोलन लोकप्रिय नै रहेको बताए ।

देशको मुख्य राजनीतिक शक्तिको रुपमा कम्युनिस्ट आन्दोलनलाई फेरि विकास गर्न आफुहरूले जोडबल गरिरहेको बताए ।

उनले भने २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभिन्न टुटफुट विभाजन हुँदै अघि बढेको बताए ।उनले बामपन्थी आन्दोलनलाई विभाजन टुटफुटबाट शिक्षा लिएर नयाँ आधारमा एकता र धुव्रिकरण तर्फ लाग्नुपर्ने बताए ।

नरबहादर कर्मचार्य एकता र सिद्धान्तकको पक्षधर कम्युनिस्ट आन्दोलनका निष्ठावान संस्थापक भएको भन्दै उनको सम्मानको लागि पनि बामपन्थीहरू विचार र सिद्धान्तका आधारमा एकता गराउन तर्फ सबै कम्युनट आन्दोलनका नेताकार्यकता लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय विचारलाई भन्दा भावना र आवेगलाई महत्व दिने प्रवृति बढेको भन्दै समाजलाई निश्चित विचार र सिद्धान्तको आधारमा अघ बढाउन तर्फ बौद्धिक वर्गले भुमिका खेल्नुपर्ने  आवश्यकता औल्याए ।

उनले समाजमा गलत गतिविधि बढ्दै जाँदा बौद्धिक वर्गले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए। उनले लामो सङ्घर्ष र बलिदानबाट आएका पार्टी र त्यसका नेताप्रति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताए। उनले लेख, रचनामा भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिस क्षणिक उत्तेजना, क्षणिक आवेग र अराजक गतिविधिलाई अङ्गाल्ने परिपाटी विकसित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले छिट्टै छिमेकी देशहरूसँगको भ्रमण गर्न लागेको जानकारी दिए । उनले यो भ्रमणको क्रममा देशको स्वार्थ र हितलाई व्यवस्थित रुपले राख्न नसक्दा अप्ठेरो आउन सक्ने भन्दै भ्रमणबारे छलफलमा जुटेको बताए ।

‘छिट्टै मेरो छिमेकीहरूसँगको भ्रमण हुँदैछ। त्यसको तयारी राम्रो गरिएन भने राष्ट्रको समग्र हित, स्वार्थ व्यवस्थित ढंगले राख्न सकिएन भने त्यसले अप्ठेरो आउन सक्छ। हामी त्यसको तयारीमा छौं,’ प्रचण्डले भने।

साथै, अहिले बनेको सरकारलाई आफूले चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि प्रधानमन्त्री प्रचण्डले बताए।

‘अहिले विभिन्न अप्ठेराका बीचबाट कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्ने स्थिति बनेको छ। यसलाई मैले एउटा चुनौतीपूर्ण अवसर भन्ने गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रको एकता र स्वाधिनतालाई अझ बलियो बनाउने चुनौती, अर्थतन्त्रमा देखा परेका संकटलाई व्यवस्थित बनाउने चुनौती छ। धेरै चुनौतीका बीचमा यो अवसर पनि हो।’

प्रधानमन्त्री प्रचण्डले अहिले नेपालका राजनीतिक दलहरूले एक्लै बहुमत ल्याउने अवस्था असम्भव रहेको बताउँदै गठबन्धन संस्कारलाई कायम राख्नुपर्ने समेत बताए ।

‘एउटै पार्टीले बहुमत ल्याउने स्थिति करिक करिब असम्भव नै छ। हामीले यो गठबन्धनलाई पाँच वर्ष चलाएर जनतालाई डेलिभरी दिने चुनौती छ।’ प्रचण्डले भने।

कमेन्ट गर्नुहोस्