डा. स्वर्णिम वाग्लेले आफैलाई भोट हाल्न नपाउने

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा. स्वर्णिम वाग्लेले आफैलाई भोट हाल्न नपाउने भएका छ्न । उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

मतदान गर्न नपाउने भएपछि वाग्ले बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन् । उनले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित सत्यवती माध्यमिक विद्यालयबाट अनुगमन सुरु गरेका हुन् ।

उपनिर्वाचनमा उनीसहित तनहुँमा ११ जना उम्मेदवार रहेका छन् ।

कमेन्ट गर्नुहोस्