समाजवादी केन्द्र छिट्टै घोषणा हुन्छ : प्रधानमन्त्री प्रचण्ड (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै समाजवादी केन्द्र घोषणा हुने बताएका छन् । नेकपा एकीकृत समाजवादीले नेपाल कम्युनिष्ट पार्टी स्थापनाका सन्दर्भमा आज आयोजना गरेको विचार गोष्टिमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विगतमा नेकपा बनाउँदाका तिता मिठा अनुभवलाई आधार मानेर समाजवादी केन्द्र घोषणा गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने,‘कम्युनिष्टहरु मिलेर चुनाव लडौं भन्ने उतिबेला पनि प्रस्ताव मैले नै राखेको थिए । कम्युनिष्टहरु मिलेर अघि बढ्दा राम्रो सन्देश जानेछ भन्ने कुरा सकारात्मक थियो ।

अहिले पनि यो देशको राष्ट्रिय एकता र सुदृढिकरणका लागि कम्युनिष्टहरु एक हुन जरुरी छ । आउनुस छलफल गरौं र वातावरण बनाऔं ।’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता र जनतन्त्रका समालमा समेत अघि बढ्न कम्युनिष्टहरुको एकता आवश्यक रहेको उनले बताए ।‘राष्ट्रियता जनतन्त्र र जनजिविकाका सवालमा एक हुनेहरु सवै मोर्चामा आवद्ध होऔं, फेरि एकताबद्ध हुन सम्भव छ भन्ने सन्देश दिऔं । राम्रो आधार बनाएर पार्टी एकतामा जाऔं ।

केही दिन भित्रै समाजवादी केन्द्र घोषणा हुँदैछ । फेरि नेकपा घोषणाको आधार तयार हुन लागेको छ । देशको आवश्यकता र जनताको चाहनालाई हेरौं । अहिले आन्दोलनका उपलब्धिहरु उल्ट्याउने प्रयास भईरहेको छ,’ प्रधानमान्त्री प्रचण्डले भने ।

कमेन्ट गर्नुहोस्