चितवन । चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उनले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताए ।
आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणनास्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने छ । सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुनेछ।