काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाग्मति प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
यही वैशाख ८ र ९ गते काठमाडौंको कोटश्वरमा सम्पन्न प्रथम सम्मेलनले अनेमसंघको प्रदेश कमिटी निर्माण गरेको हो । सम्मेलनले बाग्मतिको अध्यक्षमा सुनिता गौतमलाई चयन गर्नुका साथै नौ सदस्यीय पदाधिकारी र १७५ सदस्यीय समिति निर्माण गरेको नेतृ रमा गिरिले जानकारी दिइन् ।
यस्तो छ पदाधिकारी
अध्यक्ष : सुनिता गौतम
उपाध्यक्ष : कल्पना रिमाल
उपाध्यक्ष : दिपा बोहरा
उपाध्यक्ष : लक्ष्मी माझी
सचिव : अनिता कार्की ढोलि
सह सचिव : अम्बिका नेपाल
सह सचिव : दिपा कंडेल
सह सचिव : अम्बिका लामिछाने
कोषाध्यक्ष : शृजना थिङ