काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता र प्रमुख सचेतहरूबीच भेट भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली त्यसैगरी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका प्रमुख सचेतक पदम गिर र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकबीच भेटवार्ता भएको हो।
बैठकमा मुख्य गरी यी विषयमा छलफल भएको छ। एउटा, संसद्का कामकारबाहीलाई प्रभावकारी बनाउने र दोस्रो, प्रतिनिधि सभामा दर्ता भएका विधेयकलाई पारित गर्ने, तेस्रो संवैधानिक परिषद्लाई पूर्णता दिने विषय रहेको बताइएको छ ।