पाकिस्तानमा बम विस्फोट १२ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । पाकिस्तानको स्वात उपत्यकास्थित प्रति आतंकवाद कार्यालयमा बम विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तर पश्चिम स्वात उपत्यकाको प्रतिआतंकवाद कार्यालयमा भएको विस्फोटमा मृत्यु हुनेमा अधिकांश प्रहरी रहेका छन् ।विस्फोटका कारण प्रति–आतंकवाद कार्यालयका हतियार कक्षहरुमा क्षति पुगेको छ ।

विस्फोटको बारेमा अनुसन्धान जारी रहेको छ । सोही कार्यालयमा रहेका पुराना हतियार कारण विस्फोट भएको अनुमान गरिएको छ । विस्फोट भए लगत्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आत्मघाती हमलाको संज्ञा दिएका छन् । बम विस्फोट भएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले विस्फोेटको प्रकृतिको बारेमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्