चितवन । भन्सार छली गरेर ल्याएको चिनी बोकेको ट्रकसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जनालाई पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डीएसपी) भोजराज पाण्डेका अनुसार भन्सार छली गरी भारतबाट आउँदै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको छ।
ट्रकमा रहेका ४२० बोरामा २१ टन अर्थात् २१ हजार केजी चिनी रहेको र सो बरामद चिनी थप कारबाहीका लागि पश्चिम नवलपरासी प्रहरीले आन्तरिक राजस्व कार्यालय ,बुटवलमा पठाएको छ।