ईन्डियन प्रिमियर लिग : कोलकत्ता र बेंग्लोर भिड्दै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राती कोलकत्ता र बेंग्लोर बीच प्रतिस्पर्धा हुँदै छ । खेल बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने आठ बजेबाट सुरु हुनेछ ।

कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको छ । कोलकत्ता सात खेलमा दुई जित र पाँच हारका साथ आठौं स्थानमा रहेको छ ।

बेंग्लोर पनि यस खेलमा जित हात पारी शीर्ष स्थानको दावेदारी पेश गर्न चाहन्छ । बेंग्लोर ७ खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा बेंग्लोरले राजस्थानलाई हराएको थियो । कोलकत्ता भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो । यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता तथा दुईमा बेंग्लोर विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्