प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता, संसद् अधिवेशन अन्त्य गर्नेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको छ ।

संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरेर संसद् चालू अधिवेशन अन्त्य गर्ने र छिट्टै बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ । साथै अध्यक्ष तिमिल्सिनाले आफ्नो रुसको भ्रमणबारेमा जानकारी गराएका थिए ।

अध्यक्ष तिमिल्सिना रुसको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा त्यसतर्फ गएका थिए ।

कमेन्ट गर्नुहोस्