काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले दाबी पेस गरेका छन् ।
उनले ५३ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।चौधरीलाई कांग्रेससहित, नेकपा (माओवादी केन्द्र), जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा ९एकीकृत समाजवादी०लगायतको समर्थन रहेको छ ।
गएको पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत पाएनन् । त्यसपछि नयाँ सरकार बन्न लागेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।