कतारविरुद्ध चम्कियो नेपालको बलिङ, सन्दीपले लिए ४ विकेट

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालको बलिङ चम्किएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा जारी खेलमा नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याइरहेको कतारले २३ ओभरको खेल समाप्त हुँदा नौं विकेट गुमाएर ८२ रन मात्रै बनाएको छ ।

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध बलिङमा नेपालले बलियो पकड बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा जारी खेलमा नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याइरहेको कतारले १० ओभरको खेल समाप्त हुँदा चार विकेट गुमाएर ३२ रन बनाएको छ ।

कतारलाई दबाबमा राख्न नेपालका सोमपाल कामीले तीन विकेट, सन्दीप लामिछानेले ४ र ललित राजवंशीले दुई विकेट लिएका छन् ।
.
त्यसअघि, टस हारेर ब्याटिङमा आएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।

कमेन्ट गर्नुहोस्