दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलक खेल क्षेत्रमा अगाडी बढिरहेको बताएकी छन् ।
दाङको बंगलाचूली आजबाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएकी हुन् ।
सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माण सहित खेलाडी उत्पादनका लागि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता संचालन गर्दै आएको बताइन् ।
त्यस अबसरमा खेलाडीलाई खेल क्षेत्रबाट विश्वसामु नेपाललाई चिनाउँन भुमिका खेल्न आग्रह गरिन। मन्त्री शर्माले खेलकुदको क्षेत्रमा बजेट बनाउदा प्राथमिकका आधारमा योजना बनाउन थालेको उल्लेख गरिन ।
द्वन्द्ध पिडितका मुद्धा टुङ्याउन सरकारले सङ्क्रमणकालिन न्यायको माध्यमबाट छिटो हल गर्ने बताइन । गणतन्त्र माथि संसद भित्र र बाहिर दुबै क्षेत्रबाट आक्रमण भईरहेको बताउँदै सम्पूर्ण जनता परिर्वतनको पक्षमा उभिन आवश्यक रहेको उनको धारणा थियो।
प्रतियोगिताका क्रममा मन्त्री शर्माले खेलकुद सामग्री खेलाडीलाई हस्तान्तरण गरेकी छन ।