सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति दृढ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति दृढ र प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त राष्ट्रसंघीय एजेन्सी, यूनेस्को, आरएसएफ, अमार्क, पत्रकार महासङ्घलगायतका प्रतिनिधिसहितको छलफलमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले संविधानको प्रस्तावमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताप्रति दृढ र प्रतिबद्ध रहेको दोहोर्याएका थिए ।

संविधान निर्माण गर्दा निकै मेहनत गरेर पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको स्मरण गराउदै प्रधानमन्त्रीले अहिले यसकै आधारमा आवश्यक कानुन र नियमावली बनाउन थालिएको जानकारी समेत दिएको बैठकमा सहभागी नरेन्द्र के.सीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्