काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिभिल अस्पताललाई नेपाल–चीनबीचको गहिरो र घनिष्ट सम्बन्ध तथा आर्थिक सहयोगको प्रतीकको रुपमा लिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनर्निर्माणसहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल र चीनबीच मैत्रीपूर्ण, सौहार्दपूर्ण र सहयोगी सम्बन्धको लामो इतिहास रहेको छ । नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक र जनताबीचको आदानप्रदानको इतिहास अनादिकालदेखि नै रहेको छ ।
मित्रता, पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो र संवेदनशीलताको कदरले हाम्रो असल छिमेकी सम्बन्धलाई आधार बनाउँछ।हाम्रा दुई सरकार र जनताको हितमा यी सम्बन्धहरू बढ्दै र विस्तार हुँदै गएकामा हामी खुसी छौं।’
नेपालमा स्वास्थ्य पूर्वाधार निर्माण विस्तार गर्न, यस क्षेत्रमा नेपाललाई आवश्यक पर्ने मानव संसाधनको विकास गर्न, साथै नेपालका अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्ति गर्न चीनले पुर्याएको योगदानको प्रधानमन्त्री प्रसंशा समेत गरे ।
नेपालको विकास चीनले निरन्तर सहयोग सहयोग गर्दै मित्रवत र असल छिमेकीको सम्बन्ध स्थापित गरेको प्रचण्डको भनाई थियो । चीनको सहयोग विकास पूर्वाधारहरू निर्माण गर्न, कनेक्टिभिटी बढाउन, नेपालीहरुलाई गुणस्तरिय स्वास्थ्य सुविधा प्रदान गर्न, मानव संसाधनको विकास गर्न र नेपालीहरुको जीविकोपार्जनलाई सहयोगी र आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री अमनलाल मोदी नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, गुआंगजाउ इन्जिनियरिङ निर्माण कम्पनीका प्रतिनिधि लगायतको सहभागीता थियो । अस्पतालको स्तरोन्नति र पुनर्निर्माण चीनिया निर्माण चीनीयाँ सरकारको सहयोगमा कम्पनी गुआंगजाउ इन्जिनियरिङले गरेको हो ।
कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्गले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री अमनलाल मोदीलाई अस्पतालको स्तरोन्नति र पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन् ।