काठमाडौं । माओवादी केन्द्रको सहायक संगठनको रुपमा रहेको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) आज संस्कृति,पर्यटन तथा नागरीक उड्यन मन्त्री सुदन किरातिसँगै पशुपतिको किरातेश्वर आसपासमा सरसफाई अभियानमा जुट्यो ।
मन्त्री किरातीले सुरुवात गरेको ‘स्वच्छ पशुपति,सफा पशुपति र हराभरा पशुपति’ अभियानप्रति ऐक्यबद्धता जनाउँदै पशुपति सफाई अभियानमा सहकार्य गरेको वाईसीएल नेपालका अध्यक्ष सुबोध सेर्पालीले एभरेष्ट दैनिकलाई जानकारी दिए ।
मन्त्री किरातीले सुरु गरेको तीनमहिने पशुपति सरसफाई अभियानको आज नवौं हप्ता पुगेको छ । मन्त्री किराती स्वय नै सम्भव भएसम्म हरेक शनिवार सरसफाई अभियानमा सहभागी हुने गरेका छन् । सोही अभियानलाई साथ दिन आज मन्त्री किरातीसँगै वाईसीएल नेपालले पनि संस्थागत सहभागीता जनाएको हो ।
‘श्रममा वाईसीएल’ भन्ने नारालाई व्यबहारिक रूपमा कार्यन्वयन गर्दै अबदेखी हरेक साताको शनिबार दुई घण्टा सामुहिक श्रम कार्यमा जोडिने अभियानलाई निरन्तरता दिने अध्यक्ष सेर्पालीले जानकारी दिए ।