काठमाडौं । यही वैशाख ६ गते उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कने भएका छन् । नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराएर उनी आज राति स्वदेश फर्कन लागेका हुन् ।
उनको स्वास्थ्य अवस्थामा सुधार भएको र अझै केही हप्ता आराम गर्न चिकित्सकले सुझाव दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“उहाँको विभिन्न परीक्षण र उपचारपश्चात् हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै (आइतबार) रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले उहाँलाई अझ केही हप्ता आराम गर्ने सुझाव दिनुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति