काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेल ९ बजेबाट सुरु भएको छ । सोमबार वर्षाले खेल आधामै रोकिएपछि बाँकी खेल अहिले ९ बजेबाट सुरु भएको हो ।
घरेलु टोली नेपाल र युएईले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । तर, पहिलो ब्याटिङको क्रममा इनिङ्सको २७.३ ओभरपछि खेल रोकियो ।
खेल सुरु हुनुभन्दा पहिले नेपाल यूएई टिमका कप्तानले ट्रफीसँग तस्बिर खिचाएका हुन् ।