काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खेलिरहेको छ । पावर प्लेमा खराब सुरुआत गरेको नेपालको क्रिजमा भीम सार्की र गुल्सन झा जमिरहेका छन ।
११८ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभर सकिँदा तीन विकेट गुमाएर ५४ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल र कप्ता रोहितकुमार पौडेल समान एक रन बनाएर पवेलियन फर्किए । अर्का ओपनर आसिफ शेख आठ रन बनाएर आउट भए ।
नेपालका भीम सार्की ६ र गुल्सन झा ३५ रन बनाएर क्रिजमा छन् ।
सोमबार शुरु भएको यस फाइनल खेल वर्षाले प्रभावित भएपछि आज ‘रिजर्भ डे’को दिन खेलाइएको हो । सोमबार खेल रोकिँदा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।