एमाले उपाध्यक्ष एंव पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाकार राई पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका छन् ।

ललितपुरस्थित थेचुबाट उनलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्नमा मुख्य भूमिका उनकै रहेको प्रहरीको आरोप छ।

याे पनि पढ्नुस  भ्रष्टाचारविरुद्ध सरकारको कदमको पक्षमा विद्यार्थी सङ्गठनको ऐक्यबद्धता(तस्बिर)

राईलाई ललितपुरको थेचुस्थित निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

रामबहादुर थापा गृहमन्त्री हुँदा राई उनका सुरक्षा सल्लाहकार थिए।

एमाले उपाध्यक्ष बादल गृहमन्त्री रहँदा उनी २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। यसअघि पक्राउ परेका व्यक्तिको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

याे पनि पढ्नुस  एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ,प्रहरी परिषर काठमाडौं ल्याइँदै

राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि नक्कली शरणार्थी बनाएर ५० लाख रुपैयाँसम्म असुल्न बाटो खुलेको हो। पीडितबाट रकम असुल्ने व्यक्तिले राईलाई रकम बुझाएको समेत बयान दिएका छन्।

यसअघि यही घटनामा एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलालसहित सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो।

याे पनि पढ्नुस  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ आरोपित यी हुन्

बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरज र टोपबहादुर रायमाझीका छोरा सन्दीपको नामसमेत यो प्रकरणमा जोडिएको छ।

कमेन्ट गर्नुहोस्