यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट

गुल्शन झा र भीम सार्कीको उत्कृष्ट साझेदारी

काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

यससँगै नेपाली टोली भारत र पाकिस्तानसँग एसिया कप खेल्नेछ ।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो ।

नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई दिलाएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन् ।

 

 

 

कमेन्ट गर्नुहोस्