नवनिर्वाचित सांसद यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई आज सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

सिंहदरवारस्थित कानुन न्यान तथा मानव अधिकारको हलमा आयोजित शपथ समारोहमा सांसद यादवलाई सभामुख घिमिरेले सांसदको लोगो पनि हस्तान्तरण गरे।

चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ ग्रहण गराइएको हो ।

कमेन्ट गर्नुहोस्