काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित रियललाई रियल सोसिडाडले २–० गोल अन्तरले हराएको हो ।
सोसिडाडको जितमा ताकेफुसा कुबो र एन्डर बारेनसिएले एक एक गोल गरे । खेलको ४७ औं मिनेटमा कुबोले गोल गर्दै सोसिडाडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा डानी कार्भाजलले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ८५ औं मिनेटमा एन्डरले गोल गर्दै सोसिडाडलाई २–० को जित दिलाए । जितसँगै सोसिडाडले ३३ खेलमा ६१ अंक जोडेको छ । सोसिडाड चौंथो स्थानमा रहेको छ । रियल ६८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।