काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका १ बेलिनमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेमध्ये तीनजनाको शव भेटिएको छ ।
मंगलबार गएको हिमपहिरोमा पुरिएका ५ मध्ये दुई महिला र एक युवकको शव फेला परेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।
उनका अनुसार दुई महिलाको सनाखत भएको छैन भने युवक जुहु गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर रहेका छन् । भौगोलिक कठिनाइका कारण फेला परेका शव निकाल्न नसकिएको प्रजिअ जोशीले बताए ।
बाँकी बेपत्ता दुईजनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। यार्सागुम्बा खोज्न १२ जना बोलिनतिर गएका थिए।