स्याङ्जा ।संविधानसभा सदस्य सदस्य अमृता थापाको विशेष पहलमा स्याङ्जाको विरुवा गाँउपालिकाका सामुदायिक विद्यालयहरुमा १६९१ थान स्टेशनरीका सामान सहितको झोला वितरण गरिएको छ ।
चाइना फाउण्डेसन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजन उनले विद्यार्थीहरूलाई स्टेशनरीका सामान सहितको झोला वितरण गरिएको थापाले जानकारी दिइन ।
गाउँपालिका भित्रका सामुदायिक विधालयमा अध्ययनरत बाल विकास देखी कक्षा ८ सम्मका आधारभुत तहका सम्पूर्ण विधार्थीहरूलाई उक्त शैक्षिक समाग्री हस्तान्तरण गरिएको हो। वैशाख १९ गते नवज्योति मा.वि.विरुवामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै अनेमसंघ (क्रान्तिकारी )अध्यक्ष समेत रहेकी थापाले उक्त सामग्रीले बालबालिकालाई पढ्ने कुरामा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गैराखेको अवस्थामा यस्ता शैक्षिक सामाग्री वितरण कार्यक्रमले सार्थकता पाउने बताइन । साथै थापाले उक्त अभियानमा प्रत्यक्ष , अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगी संस्था, विरुवा गाँउपालिका शिक्षा तथा खेलकुद शाखा सबैलाई धन्यवाद दिइन ।
विद्यालय व्यवस्थापन समितिका सदस्य हिमालजंग के.सी.को अध्यक्षता सञ्चालित उक्त कार्यक्रममा गाँउपालिका अध्यक्ष सूर्य कुंवर, कार्यपालिका सदस्य पहलसिंह वि.क. कावा प्र.अ. दिपक वाग्ले, शिक्षा तथा शिक्षा शाखा प्रमुख जिवलाल भुषाल वडा सदस्य नारायण थापा, ग्लोवल कर्पोरेशन फर डेभलपमेन्टका उक्तम कार्की, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य ध्रुव लगायतको उपस्थिति र विद्यालयका शिक्षक प्रकाश वाग्लेको सञ्चालन रहेको थियो ।
सोही दिनै गाउँपालिकाको अर्को विद्यालय जनजागृति प्रा. वि. मा पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी के.सी.को अध्यक्षता र सहायक प्र.अ.गिता गाहा मगरको संचालन र संविधानसभा सदस्य अमृता थापा मगरको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
संघिय संसदको अघिल्लो कार्यकालमा नेकपा माओवादी (केन्द्र) बाट समानुपातिक सासंद रहेकी थापा गत मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा भने स्याङ्जा क्षेत्र १ (क ) बाट पराजित भइन् । निर्वाचनमा हार बेहोरेता पनि जनताको पिर मर्का, दुख पिडामा सदैव खटिरहने गरेको थापाको भनाई छ। साथै अबका दिनमा थप शसक्त रूपमा आफ्नो गृह जिल्लामा जनता संग जोडिएका हरेक क्रियाकलापमा लागिरहने प्रतिबद्धता पनि जनाएकी छन् ।
संघिय सरकारमा आफ्नो पार्टीको सरकार भएतापनि समग्र स्याङ्जाको विकासमा त्यति ध्यान नदिएको गुनासो जनताले तपाईंलाई गर्छन नी भन्ने हाम्रो प्रश्नमा थापाले भन्नुभयो ” म स्याङ्जाको विकास र समृद्धिको लागि संघ सरकारबाट योजनाहरू गाउँगाउँ लाने र सिंहदरबारको डेलिभरि जनतालाई अनुभुती गराउन लागि परिरहेको छु , विकास भन्ने चिज एकैचोटी सम्भव छैन , संघिय सरकार अन्तर्गतका बढि भन्दा बढि योजना स्याङ्जा मा लैजाने प्रयास गर्छु। “