काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन्।
तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ ।