टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपलाई बुटवलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले बताए ।

सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पटाउने नाममा ठगेको आरोप छ । शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन्

याे पनि पढ्नुस  ओलीका स्वकीय सचिव र सल्लाहकारले बुझेको एक–एक करोड, फिर्ता माग्दा धम्कि दिएको खुलासा

एमाले सचिव रायमाझीविरुद्ध पनि जिल्ला अदालत कठमाडौंबाट पक्राउ पुर्जी जारी भएको उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे बुधवार पेप्सीकोलाबाट पक्राउ परे । उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ । ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए ।

कमेन्ट गर्नुहोस्