रविका ड्राइभरको मृत्युबारे संका गर्दै एमाले नेता महेश बस्नेतले उठाए ९ बुँदे प्रश्न

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) मृत्यु प्रकरणमा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले गम्भीर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो गम्भीर प्रश्न उठाएका हुन् ।

रामराजा श्रेष्ठले सामाजिक सञ्जालमा राखेका धारणाको स्कृनशट राख्दै बस्नेतले ९ बुँदामा प्रश्न उठाएका छन् ।

उनले पूरै चुनावी प्रचारमा हिँडेका शम्भु सम्भवतः पुरै निगरानीमा रहेको र रक्सी कहाँबाट किने, कसले किनिदियो ?बिहान ४ बजेसम्म पूर्व गृहमन्त्रीको घरमा कसरी रक्सी खाए ? लगायतका विषय उठान गरेका छन् ।
एमाले नेता बस्नेत पूर्वमन्त्रीसमेत हुन् ।

उनले पीए र चालक ९० प्रतिशत जानकारी राख्ने व्यक्ति भएको भन्दै हत्या वा आत्महत्या जे भए पनि गम्भीर विषय भएको बताएका छन् । बस्नेतले प्रधानमन्त्री र अन्य शीर्ष नेतालाई भेटेपछि मात्रै किन मृत घोषणा गरियो ? भन्ने विषय पनि लगातार उठाएका छन् ।

चितवनमा रवि लामिछानेको घरको छतबाट वैशाख ४ गते बिहान खसेका चालक थापाको दुई दिनअघि उपचारकै क्रममा मृत्यु भएको थियो ।

यस्तो छ महेश बस्नेतले उठाएका ९ बुँदे  विषय

१)पुरै समय चुनाबि प्रचार रबि संगै हिडेका शम्भु सम्भब त पुरै निगरानिमा थिए । रक्सि काहाबाट किने ,कस्ले किन्दियो? ,पुर्ब गृह मन्त्रीको सुरक्षा घेरा भित्रको घर भित्र बसेर ४ बजे सम्म कसरि खाए ?सुन्दा सबै घटना बनावटि जस्तो लाग्छ । अत्म हत्या , दुर्घटना या कसैले मारेको पनि हुन सक्छ जे होस रहस्य के हो कस्ले किन के कारण यो गर्यो खोजिगरौ ?

२)पुर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरु रातभर रक्सि खाएर जे पायो तेही गर्ने बाताबरण हुन्छ र ? समान्य मान्छेको घमा नि तेस्तो हुन्न ।

३) रक्सि खाएर पिसाब फेर्न कौशिमा निस्क्यो चुरोट खान निस्क्यो । रबिको घर दुर्गम क्षेत्रमा हो ? घर भित्र toilet हुदैन , छैन ? ,तल्लो तलामा बसेको भए चुरोट खान बाहिर जन सक्थ्यो मालिकले थाहा पाउला भनेर ? माथिल्लो तलामा बस्ने मान्छे राति ४ बजे चुरोट खान किन बाहिर जान्छ बडि गए झ्यालको छेउ सम्म जाला, बाहिर जाँदैन ।

४)पि ए र ड्राइभर नेताका ९०% बिषय थाहा पाउने ब्यक्ति हुन । उनको आत्महत्या या हत्या जे भएको भए पनि गम्भिर बिषय हो ।

५)रबिको ड्राइभर को आवाज दुर्घटनाकै दिन भेण्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको ?

६)तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाब जिते पछि , बिजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरु शिर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो

७)उठेका प्रश्नको जबाफ दिन सक्ने कुनै तर्क र नैतिक बल छैन अनि अन्ध भक्त र परिचालित लठैत लगाएर वार रुम चलाएर अस्लिल गालि गर्ने , Haker लगाएर आलोचना गर्ने media र social media block गर्ने , फोन गरेर धम्काउने रबिको अर्को गम्भिर (cyber crime ) अपराध हो ।

८)यो सबैको उचित छानबिन गर्नु पर्यो प्रचण्ड सरकार ! आफ्नो पद जोगाउन मुन्टो नलुकाउ पासपोर्ट काण्ड मुद्धा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर ।

९) रामराजा श्रेष्ठ को टुवैट बाट पनि बिषय रहस्य्मय छ बन्ने देखिन्छ । हेर्नु होला ।

कमेन्ट गर्नुहोस्