सुडानका युद्धरत पक्षलाई शान्ति र मेलमिलापको बाटो अपनाउन महासचिव गुटेरेसको आब्हान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरुलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आब्हान गरेका छन् ।

बढ्दो मानवीय संकटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उनले सम्बन्धित पक्षलाई आब्हान गरेका छन् । केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले अप्रिलको मध्यममा सुडानमा सुरु भएको द्धन्द्ध गम्भीर चिन्ताको विषय रहेको बताउँदै लडाकुहरुबीच हतियार बिसाउनु जरुरी रहेको बताए ।

गुटरेसले भने, ठूलो जनधनको क्षति हुनु अघि यो लडाइँ रोक्नु आवश्यक छ र यो द्धन्द्ध एक सर्वव्यापी युद्धमा विस्फोट हुनसक्छ । सबै पक्षहरुले सुडानी जनताको हितलाई प्राथमिकतामा राख्नुपर्छ–जसको अर्थ शान्ति, समृद्धि र स्वदेश फर्किने हो ।

महासचिव गुटेरेसले पूर्वी अफ्रिकी राष्ट्रको आफ्नो आधिकारिक भ्रमणका क्रममा केन्याका अधिकारीहरुसँग सुडानको अवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्