परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

काठमाडौंं । परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत प्रस्थान गरेका छन् ।

संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत प्रस्थान गरेका हुन्।

लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने छन्।

कमेन्ट गर्नुहोस्