काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सुरु हुनुअघि राजाविरोधी समूहका नेताहरुलाई पक्राउ गरिएको छ।
रिपब्लिक नामक राजतन्त्रविरोधी समूहका नेता ग्राहम स्मिथसहित ६ जनालाई पक्राउ गरिएको जनाइएको छ।
‘आज बिहान ग्राहम स्मिथ र हाम्रो टोलीका पाँच अन्य सदस्यलाई पक्राउ गरिएको छ। सयौं प्लाकार्ड कब्जा गरिएको छ। यही हो लोकतन्त्र ?’ सो समूहले ट्विटरमा लेखेको छ।
राज्याभिषेक समारोह सुरु हुनुभन्दा केही घण्टाअघि सो समूहका सदस्यहरु ‘नट माइ किङ’ लेखिएको प्लाकार्ड बोकेर ट्रफलगार चोकमा निस्केका थिए।
लण्डन र वरिपरिका क्षेत्रमा सुरक्षा अवस्था एकदम कडा पारिएको छ।
राजा चार्ल्स र रानी क्यामिलिया राज्याभिषेक समारोहमा भाग लिन बकिङ्गम प्यालेस पुगिसकेका छन्। बग्गी चढे वेस्टमिन्स्टर एबी पुगेपछि त्यहाँ उनीहरुलाई मुकुट पहि¥याइने बताइएको छ। एजेन्सी