यस्तो छ सोमवारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ १४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्