काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।
प्रतिनिधि सभा सदस्य पदमा लामिछाने बहाल रहन अयोग्य रहेको दाबीसहित सफल रिट निवेदन बोकेर सर्वोच्च पुगेका हुन् । रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने उनको दाबी छ ।
रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधि सभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन उनको माग छ ।
रिट निवेदनमा लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपि लिएर चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ ।