सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।बैठक ६ः१५ मा सुरु भएको हो ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

संवैधानिक परिषद्मा सहमति नजुट्दा प्रधानन्यायाधीश नियुक्ति अन्योलमा परेको छ भने नेपाल बारले प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने माग राख्दै आएको छ ।

कमेन्ट गर्नुहोस्