आगामी बजेटले प्रदेशलाई स्थापित गर्न सक्नुपर्छ : मन्त्री आचार्य

विराटनगर । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले आगामी बजेटले प्रदेशलाई स्थापित गर्न सक्नुपर्ने बताएका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को दोस्रो तथा तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं आगामी आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आचार्यले अब २० वर्षअघिका जस्ता बजेट बनाएर नहुने बताए।

‘आगामी बजेटले प्रदेशको औचित्य पुष्टि गर्न सक्नुपर्छ। प्रदेश सरकारसँग जनताका आशा धेरै छन्,’ उनले भने, ‘धेरै छलफल भएर नीति तथा कार्यक्रम ल्याउनुपर्छ। प्रदेशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन मद्धत पुग्ने खालको बजेट आउनुपर्छ।’

याे पनि पढ्नुस  नेकपा नेता जीवन आचार्यको पहलमा देउसी खेलेको रकम जीवन शर्माका छोराको उपचारमा

मन्त्री आचार्यले कोसी प्रदेशलाई समृद्ध बनाउन आगामी बजेटमा मुख्यत २ वटा कुराहरु उत्पादन र राजश्वमा अभिवृद्धि ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।

प्राकृतिक सम्पदा र ऐतिहासिक क्षेत्रको सदुपयोग एंव पर्यटन प्रर्वधनबाट मात्रै समृद्धि सम्भव हुने उनको भनाई थियो । मन्त्री आचार्यले भने, ‘वनक्षेत्रलाई उत्पादनमा ढालौं, सामुदायिक वनका सदस्यलाई सामुदायिक वनको ५र१० प्रतिशत आम्दानीबाट उन्नत जातको गाईपालनमा जोड दिने नीति बनाऔं।भारतिय पर्यटकलाई आकर्षित गर्न केहि सुधार गरौं, सिमामा अनलाईन रुट पर्मिटको व्यवस्था गरौं। सुरक्षा चेकजॉच झन्झटिलो नगरौं । धार्मिक महत्वका क्षेत्रहरु जस्तै हलेसी पाथिभारा बराहक्षेत्र लगायतका धामहरु प्रदेश मातहतमा राखौं। खगोल पर्यटनको संभाव्यता अध्ययन गरौं ।’

याे पनि पढ्नुस  वनसँग सम्बन्धित समस्या नियमावली मार्फत समाधान गर्छौं : मन्त्री जीवन आचार्य

उनले विराट राजाको दरबार र बर्जु क्षेत्रलाई वृहद् ऐतिहासिक पुरातात्विक क्षेत्रको रुपमा घोषणा गरेर संरक्षण र प्रवर्धन गर्नुपर्ने बताए ।

पर्यटन क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको बताए। ‘पर्यटकलाई आकर्षण गर्ने खालका कार्यक्रमहरू ल्याउनुपर्छ। उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ,’ उनी भन्छन्, ‘सुरक्षा चेकजाँचका नाममा नेपाल आउने पर्यटकलाई निरुत्साहित गर्ने र हतोत्साही बनाउने काम भइरहेको पनि पाइयो। यस विषयमा प्रहरीले ध्यान दिनुपर्छ।’

याे पनि पढ्नुस  केही न केही तयारी शुरु गराैं सरकार- जीवन आचार्य

पर्यटन प्रवर्द्धनकै लागि केही दिनभित्रमा विराट–बर्जु दौड प्रतियोगिताको आयोजना गरिने जानकारी उनले दिए। मन्त्री आचार्यले जनतामा सकारात्मक छाप छाड्न र प्रदेशलाई प्रभावकारी बनाउन अब सरकारले काम गर्नुपर्ने बेला आएको पनि बताए।

कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिणाम दिने हिसाबको बजेट ल्याउने तयारीमा सरकार जुटेको बताए ।

कमेन्ट गर्नुहोस्