पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

तेहरिक–ए–इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् । पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि पक्राउ गरेको जनाएका छन् ।

‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन् । उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्