भ्रष्टाचारविरुद्ध सरकारको कदमको पक्षमा विद्यार्थी सङ्गठनको ऐक्यबद्धता(तस्बिर)

काठमाडौं । सत्तारुढ गठबन्धनका विद्यार्थी सङ्गठनहरूले भ्रष्टाचारविरुद्ध सरकारको कदमप्रति ऐक्यबद्धता जनाएका छन् । बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले संयुक्त प्रर्दशन गरे ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाही सुरु भएको अवस्थामा कारबाहीलाई थप प्रभावकारी बनाउन माग गर्दै विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौंको भृकुटीमण्डप परिसरमा प्रदर्शन गरेका हुन् ।

याे पनि पढ्नुस  सत्ता र प्रतिपक्ष निकट विद्यार्थीले एउटै स्वरमा भने - हाम्रो साथ प्रचण्ड सरकारलाई

 

अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस कमिटिले त्रिचन्द्र अगाडी मौन रुपमा प्ले कार्ड देखाएर सरकारको कदमको समर्थन गरेका थिए । साथै,उनीहरूकाे प्रदर्शन त्रिचन्द्र क्याम्पस देखि प्रर्दशनी मार्गसम्म मार्चपास गरेर संयुक्त विद्यार्थी आन्दोलनमा समाहित भएकाे थियाे ।

प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन् । उनले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठुला दलका नेताहरू राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढङ्गले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरूप प्रदर्शनमा आएको बताइन् । उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने बताइन् ।

याे पनि पढ्नुस  नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने कांग्रेसको निर्णय

प्रदर्शनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यबद्धता जनाएको बताए । उनले यो घटनाको कुनै पनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गरे

सरकारले व्यक्त गरेको साहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने पराजुलीले बताए ।

कमेन्ट गर्नुहोस्