नक्कली शरणार्थी प्रकरण : प्रशासन र न्यायलय सुधारकालागि राजनीतिक हस्तक्षेप नगर्न भट्टराईको अपिल

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रशासन र न्यायलयमा समयोचित सुधार र राजनीतिक हस्तक्षेपको अन्त्य लगायतका बिषयका लागि पनि सबै राजीतिक दलहरुसँग अपील गरेका छन् ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पु¥याउन राज्यका सम्वन्धित निकाय र पदाधिकारीहरुलाई आग्रह गरेका छन्।

याे पनि पढ्नुस  नक्कली शरणार्थी प्रकरण सदनमा उठ्दा सरकारको मनोबल बढेको छ : प्रधानमन्त्री प्रचण्ड

भट्टराईले दृश्य अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणले आम नागरिकमा समेत राज्य,राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस बिद्रोह भाव बढ्दै गइरहेको भन्दै त्यसको ज्वलन्त उदाहरण नक्कली भुटानी शरणार्थी प्रकरण भएको उल्लेख गरेका छन् ।

‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्य शक्तिको चरम दुरूपयोग गर्नु निकृष्टतम अपराध हो,’ भट्टराईले विज्ञप्तिमा भनेका छन् ।

याे पनि पढ्नुस  नक्कली भुटानी शरणर्थी प्रकरण : दोषी उम्कन नपाओस भनेर निर्देशन दिएको छु -प्रधानमन्त्री प्रचण्ड

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म नेपाल सरकार र प्रहरी प्रशासनले देखाएको तदारूकतालाई पार्टीले स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो प्रकरणलाई निष्पक्ष ढंगले अनुसन्धानलाई अगाडि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पु¥याउन पनि अध्यक्ष भट्टराईले माग गर्नुभएको छ । कुनै पनि बहानामा अपराधिलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन आफ्नो पार्टीले खबरदारी गर्ने पनि भट्टराईले उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  शरणार्थी प्रकरणको सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

 

कमेन्ट गर्नुहोस्