प्रचण्ड सरकारको भ्रष्टहरू नछोड्ने अभियानमा पोखराका विद्यार्थीको साथ

पोखरा। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वको सरकारले भ्रष्टाचार र ठगीका विरुद्ध सुरु गरेको अभियानमा पोखराका युवा विद्यार्थीहरुले पनि साथ र ऐक्यवद्धता जनाएका छन् ।

अनेरास्ववियू(क्रान्तिकारी)गण्डकी प्रदेश समितिको आयोजनामा आज पोखराको शहीदचोकमा विद्यार्थीहरुले भुटानी शरणार्थीका नाममा संगठित ठगीका विरुद्ध सरकारले सुरु गरेको अभियाप्रति ऐक्ववद्धता जनाउँदै सत्यतथ्य छानविनका लागि सकारात्मक दबाव स्वरुप पम्प्लेट प्रर्दशन गरेका हुन् ।

याे पनि पढ्नुस  नक्कली शरणार्थी प्रक्ररण : ओलीसँगको भेटपछि प्रचण्डले पत्रकारहरुसँग भने -'अनुसन्धान रोकिँदैन, दृढताका साथ अगाडि जान्छ'

विद्यार्थीहरुले भ्रष्टाचार अन्त्य गर्ने प्रचण्ड अभियानमा सबैले साथ दिऔँ,अघि बढ प्रचण्ड जनता साथमा छन्,भ्रष्टाचारीलाई फाँसीदे लगायतका नारा लेखिएका पम्प्लेट बोकेका थिए ।

कार्यक्रमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज नारायण बडालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरूप प्रदर्शन गरिएको बताए ।

याे पनि पढ्नुस  नक्कली शरणार्थी प्रक्ररण : यो ट्रेलर मात्रै हो। हेर्दै जानुहोस् सिंगै फिल्म देखिन्छ - प्रधानमन्त्री प्रचण्ड

उनले भने,“ नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबै व्यक्तिमाथि निश्पक्ष छानबिनको माग हामी विद्यार्थीहरुको छ । यसको सत्य तथ्य अनुसन्धानमा सरकारलाई दबाब दिन र दोशीहरुलाई तुरुन्त पक्राउ गर्नका लागि खबरदारी गरेका हौँ ।”

विद्यार्थी नेता बडालले संस्थागत रूपमा भ्रष्टाचार मौलाइरहेको बताउँदै भ्रष्टचारीहरुको सूची सार्वजनिक गर्ने र सरकारले भ्रष्टचारीलाई कार्वाही गर्नुपर्ने बताए।

याे पनि पढ्नुस  पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)पोखरा महानगर कमिटीका सचिव जनकराज पराजुलीले प्रचण्ड नेतृत्वको बर्तमान सरकारले इतिहासमै पहिलोपटक भ्रष्टाचारमा नाम मुछिएका ठूला नेताहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको बताए ।

उनले सरकारको सकारात्मक काममा सबैले साथ दिनुपर्ने र कावाही नगर्न आउन सक्ने दवाव रोक्नका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्