नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले तटस्थ भएर निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  नक्कली शरणार्थी प्रक्ररण : ओलीसँगको भेटपछि प्रचण्डले पत्रकारहरुसँग भने -'अनुसन्धान रोकिँदैन, दृढताका साथ अगाडि जान्छ'

बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका विषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने बताए ।

त्यस्तै, बैठकमा नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नका लागि वातावरण बनाउने विषयमा छलफल भएको परियारले बताए ।

बैठकमा नीति अधिवेशन गर्नुभन्दा अघि भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल भएको उनले बताए । बैठकमा कोसी प्रदेश सरकारका विषयमा पनि गम्भीर रुपमा छलफल गरेर केन्द्रको सरकारसँग तालमेल गर्ने भन्ने विषयमा छलफल भएको परियारले बताए ।

कमेन्ट गर्नुहोस्