प्रधानमन्त्री ‘प्रचण्ड’ र लामिछानेबीच भेटवार्ता, शरणार्थी प्रकरणको फाइल खोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछानेले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् । ‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईँलाई धन्यवाद छ’, लामिछानले प्रचण्डलाई भने,‘ मैले सडकबाट के के सहयोग गर्न सकिन्छ, सबै सहयोग गर्छु । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’

हालैमात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको रास्वपाले रचनात्मक प्रतिपक्षमा बसेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताउँदै आएको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्